अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक सकियो, केन्द्रीय सदस्य मनोनयन र स्थायी कमिटी गठनबारे छलफल

एमाले सचिवालय बैठक सकियो, केन्द्रीय सदस्य मनोनयन र स्थायी कमिटी गठनबारे छलफल


काठमाडौं-नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सकिएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा झन्डै चार घण्टा बसेको बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको मनोनयन र स्थायी कमिटी गठनबारे छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्।

उपमहासचिव भट्टका अनुसार बैठकमा केन्द्रीय कमिटीमा मनोनयन गरिने सदस्य तथा स्थायी कमिटी गठनका विषयमा विभिन्न नाममाथि छलफल भएको छ। छलफल गरिएका नामहरू केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि सार्वजनिक गर्ने तयारी रहेको उनले बताए।

एमालेले अन्य पार्टीबाट एमालेमा प्रवेश गरेका नेताहरूलाई समेत केन्द्रीय कमिटीमा समेट्ने जनाएको छ। यस विषयमा पनि सचिवालय बैठकमा छलफल भएको भट्टले जानकारी दिए।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनबारे समेत छलफल भएको थियो। उपमहासचिव भट्टका अनुसार सचिवालय बैठकले ओलीको राजनीतिक प्रतिवेदनले नयाँ विषय र दृष्टिकोण प्रस्तुत गरेको निष्कर्ष निकालेको छ।