अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डलाई बधाई दिँदै अमेरिकी दूतावासले भन्यो– सहयोग गर्न सधैं तत्पर छौं

प्रधानमन्त्री प्रचण्डलाई बधाई दिँदै अमेरिकी दूतावासले भन्यो– सहयोग गर्न सधैं तत्पर छौं


काठमाडौं – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ। नेपालस्थित अमेरिकी दूतावासले बधाई दिँदै नेपालसँगको सम्बन्ध बलियो र चिरस्थायी रहेकोमा आफूहरुलाई गर्व रहेको पनि बताइएको छ।

‘नेपाल-नेपालको सङ्घीय निर्वाचनमा विजय हासिल गरेकामा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँको गठबन्धनलाई संयुक्त राज्य अमेरिका बधाई ज्ञापन गर्दछ,’ अमेरिकी दूतावासले भनेको छ, ‘नेपालसँग बलियो र चिरस्थायी सम्बन्ध रहिआएकोबारे हामीलाई गर्व छ र हामी दिगो आर्थिक वृद्धि हासिल गर्ने र लोकतन्त्र तथा मानव अधिकारको सुदृढीकरण गर्ने जस्ता द्विपक्षीय, क्षेत्रीय र विश्‍वव्यापी महत्त्वका मुद्दाहरूको प्रवर्धनमा नेपाल सरकारसँगै उभिन जारी राख्‍नेछौँ।’

लोकतन्त्रप्रति नेपालको प्रतिबद्धता विश्‍वभरका मुलुकहरूका निम्ति उदाहरणीय रहेको दूतावासको नोटमा उल्लेख गरिएको छ।

Skip This