काठमाडौं-काठमाडौं उपत्यकामा हिजोको तुलनामा आज झन् जाडो बढेको छ । हिउँदयामको मध्यतिर आइपुगेकाले जाडो अझै बढ्ने अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ५ः४५ बजेको रेकर्ड अनुसार काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । यो हिजोको तुलनामा १ डिग्री कम हो ।
हिजो काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस मापन भएको थियो । तापक्रम घट्दो क्रममा रहेकाले काठमाडौं उपत्यकासहित देशभर चिसो अझै बढ्ने मौसम विज्ञान विभागले जनाएको छ ।






प्रतिक्रिया