अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘गुलाबी’ अभिनेत्री सुहानाले वितरण गर्ने

‘गुलाबी’ अभिनेत्री सुहानाले वितरण गर्ने


काठमाडौं-समुन्द्र भट्टको निर्देशन रहेको फिल्म ‘गुलाबी’ अभिनेत्री सुहाना थापाले वितरण गनुहुने भएको छ । उहाँले फिल्मको त्रिनेत्रम डिस्ट्रिब्युसन मार्फत गर्न लाग्नुभएको हो ।

त्रिनेत्रम डिस्ट्रिब्युसन अभिनेत्री सुहान सीईओ र निर्माता सुनिलकुमार थापा र अभिनेत्री निर्देशक झरना थापाको कम्पनी हो । फिलमको वितरण​का लागि निर्माण टिम र त्रिनेत्रम डिस्ट्रिब्युसनले सम्झौता गरेका छन् ।त्यस्तै फिल्मको डिजिटल अधिकार भने डिजिटल कम्पनि ओएसआरले लिएको छ । ओएसआर प्रमुख ओम अग्रवाल र निर्देशक भट्टबीच डिजिटल अधिकारको बिचरमा सम्झौता भएको हो । निर्देशक भट्टले राम्रो प्रस्ताव र आकर्षक लगानी आएपछि दुबै कम्पनिसँग फिल्मको फरक फरक सम्झौता गरेको बताउनुभयो ।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नाजिर हुसैन मुख्य भुमिकामा हुनुहुन्छ । पारलैङ्गिकताको कथा बोल्ने ‘गुलाबी’ मा नाजिरसँगै सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाको अभिनय देख्न सकिन्छ ।

फिल्मको पटकथा तथा संवाद लेखन रामकुमार श्रेष्ठ र नाजिर हुसैनले मिलेर गर्नुभएको हो । ‘गुलाबी’ मा आलोक शुक्लाको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशक र लेखु सहयात्री र शान भुषालको संगीत छ । फिल्मको प्रदर्शन मिति भने तय हुन बाँकी रहेको छ ।

Skip This