अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘ह्रस्वदीर्घ’मा भित्रिए रवीन्द्र झा

‘ह्रस्वदीर्घ’मा भित्रिए रवीन्द्र झा


काठमाडौं-अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’ मा कलाकारको रुपमा रवीन्द्र झा पनि जोडिनुभएको छ । निर्माण युनिटले फिल्मको मुख्य कलाकारको रुपमा झालाई अनुबन्धित गरेको हो ।

फिल्मका लागि केही दिनअघि अभिनेत्री विपना थापा पनि भित्रिनुभएको थियो । पुरानी अभिनेत्री थापाको १३ वर्षपछि यसै फिल्म मार्फत अभिनयमा पुनरागमन हुने भएको छ ।

चन्द्र पन्तको निर्देशन रहने फिल्ममा सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रह्मानन्द लगायतका कलाकारको अभिनय रहनेछ ।

फेब्रुअरी १ देखि छायांकन सुरु हुने फिल्मलाई तीन चरणमा खिचिने भएको छ । फिल्मको पहिलो चरणको छायांकन भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुटिङ सुरु हुनेछ भने दोस्रो चरणको छायांकन नेपालमा र तेस्रो भारतको बनारसमा गर्ने निर्माण युनिटले जनाएको छ ।

Skip This