अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरगन्जमा ‘दिलमाया-२’ को विशेष शो

वीरगन्जमा ‘दिलमाया-२’ को विशेष शो


काठमाडौं – निर्देशक राजु गिरीको निर्देशनमा बनेको फिल्म ‘दिलमाया-२’ले सोमबार वीरगञ्जमा विशेष शो गरेको छ । आगामी १७ चैतबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको विशेष शोमा एमालेमा प्रतिनिधिसभा सांसद राजकुमार गुप्ता प्रमुख अतिथि थिए ।

वीरगञ्जस्थित त्रिमूर्ति हलमा भएको विशेष शोमा दर्शकको उल्लेख्य उपस्थिति थियो । निर्देशक गिरीले देशकका विभिन्न शहरमा फिल्म प्रदर्शनपूर्व विशेष शोको आयोजना गर्ने तयारी भइरहेको बताउनु भयो ।

राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा किरण नेपाली, सेन्जल पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरादेवी श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वलीलगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्ममा राजु गिरीको नै लेखन तथा निर्देशन रहेको छ ।

विष्णु मिराकर र सुस्मिता खत्रीले खिचेको फिल्ममा खुमबहादुर सुनार र संगीता खत्रीको सम्पादन रहेको छ । फिल्मलाई शंकर गिरी, पूर्णकला गिरी र सरिता गिरीले मिलेर निर्माण गरेका हुन् । फिल्ममा भीष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

Skip This