अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढीको जोखिम बढेपछि च्यासल क्षेत्रको अनुगमनमा गृहमन्त्री गुरुङ

बाढीको जोखिम बढेपछि च्यासल क्षेत्रको अनुगमनमा गृहमन्त्री गुरुङ


काठमाडौं-अविरल वर्षाका कारण मनोहरा खोलामा पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले शुक्रबार ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय आसपासको स्थलगत अनुगमन गरेका छन्।

मनोहरा खोलाको बहाव बढेर सडकको तहसम्म पुगेपछि गृहमन्त्री गुरुङले च्यासल पुगेर कार्यालय आसपासको अवस्था तथा खोलाको पानीको बहावबारे जानकारी लिएका हुन्।

अनुगमनका क्रममा उनले बाढीबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। साथै, नदी तथा खोला किनारका क्षेत्रमा थप सतर्कता अपनाउन आग्रह गरिएको छ।

निरन्तर वर्षा भइरहेकाले काठमाडौं उपत्यकाका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ। सम्बन्धित निकायले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आग्रह गरेका छन्।