काठमाडौं-लगातारको वर्षाका कारण बल्खु खोलामा पानीको बहाव बढेपछि खोलाकिनारमा रहेको एउटा घर जोखिममा परेको छ।
घर जोखिममा परेपछि उक्त घरमा डेरा गरी बस्दै आएका ६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
प्रहरी वृत्त कालिमाटी र काठमाडौं महानगरपालिकाको टोलीले जोखिममा परेको घरमा रहेका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारेको हो।
लगातार वर्षा भइरहेकाले खोला तथा नदी किनारमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन र जोखिम देखिए सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।



प्रतिक्रिया