अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडक अनुगमनमा उपप्रधानमन्त्री श्रेष्ठ

सडक अनुगमनमा उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौं – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ सडक अनुगमन गर्नका निम्ति कार्यस्थलमा पुग्नु भएको छ।  

यसअघि सडक मर्मत संभार र व्यवस्थित गर्न दिएको निर्देशन कार्यान्वयन भए/नभएको बारे अनुगमन गर्न उहाँ बिहीबार सितापाइला आसपासमा जानु भएको उहाँको सचिवालयले जनाएको छ।

उहाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुनुभएलगत्तै उपत्यकाका सडकका खाल्डा पुर्न १५ दिन र  देशभरिका खाल्डा पुर्न एक महीनाको समय तोकेर मातहतका निकायलाई निर्देशन दिनुभएको थियो ।

अनुगमनमा उपप्रधानमन्त्री श्रेष्ठसहित मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायतको सहभागिता रहेको थियो।

Skip This