अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फ्राइडे रिलिज : ‘चि मुसी चि’ देशव्यापी प्रदर्शनमा

फ्राइडे रिलिज : ‘चि मुसी चि’ देशव्यापी प्रदर्शनमा


काठमाडौं–मल्टिस्टारर चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ।

हरर थ्रिलर ड्रामा जनराको फिल्ममा प्रियंका कार्की मुख्य भूमिकामा छिन्। यस्तै, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्ट लगायतको अभिनय छ।

मर्ण जेम्स र यश सैनीले संयुक्त निर्देशनको चलचित्रमा उनीहरुकै संयुक्त कथा एवं पटकथा रहेको छ। चलचित्रको प्रस्तुतकर्ता अरुण चक्रवर्ती छन्। चलचित्रमा रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रवर्तीको लगानी छ ।

फ्राइडे रिलिजमा एकल प्रदर्शनको अवसर पाएको चलचित्रहरुलाई मल्टिप्लेक्स हलहरुले पनि राम्रै शो दिएका छन्।

Skip This