अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘आरआरआर’ को ‘नातु नातु’ गीतले जित्यो गोल्डेन ग्लोब अवार्ड

‘आरआरआर’ को ‘नातु नातु’ गीतले जित्यो गोल्डेन ग्लोब अवार्ड


काठमाडौं-एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को ‘नातु नातु’ गीतले गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि जितेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा भएको ८० औं गोल्डेन ग्लोब अवार्डमा जुनियर एनटीआर र रामचरण फिचर्ड गीतले अवार्ड हात पारेको हो।

यो तेलुगु गीत एमएम किरावानीले कम्पोज गरेका हुन् भने यसको शब्द चन्द्रबोसले लेखेका हुन्। गीतमा राहुल सिपलीगञ्ज र काल भैरवले स्वर दिएका छन्।

यसपटकको अवार्ड समारोह ‘आरआरआर’ दुई विधामा मनोनयनमा परेको थियो। आरआरआर उत्कृष्ट गैर-अंग्रेजी चलचित्र विधामा पनि मनोनित भएको थियो।-एजेन्सी

Skip This