अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालीगण्डकीको बाढी पर्वतको फर्से बस्तीमा पस्दा ८० घर बगे

कालीगण्डकीको बाढी पर्वतको फर्से बस्तीमा पस्दा ८० घर बगे


पर्वत-कालीगण्डकी नदीमा आएको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका-८ फर्सेमा करिब ८० घर बगेका छन्। शनिबार रातिदेखि बाढी बस्तीमा पस्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

बाढीका कारण मानवीय क्षति भए–नभएको भने अझै यकिन हुन सकेको छैन। बस्तीका अन्य घरसमेत उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ।

बाढीको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ चण्डिका गण, पर्वत र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। टोलीले स्थानीयका जिन्सी सामानसमेत सुरक्षित स्थानमा सारेको जनाएको छ।

विद्युत् सेवा अवरुद्ध हुनुका साथै फोन सम्पर्कमा समेत समस्या रहेकाले क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

घटनाको थप विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।