अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनकुटाको सिंधुवा बजारमा विशाल आगलागी,आगो नियन्त्रण बाहिर

धनकुटाको सिंधुवा बजारमा विशाल आगलागी,आगो नियन्त्रण बाहिर


धनकुटा- धनकुटाको छथर जोरपाटी गाउँपालिका स्थित सिंधुवा बजारमा विशाल आगलागी भएको छ । बजारको बीचबाट एक्कासी आगो निस्किएको आगो अहिले नियन्त्रण बाहिर रहेको स्थानीयवासिन्दाले बताएका छन् । हालसम्म चारवटा घर जलेर नष्ट भएका छन् । आगो निभाउनका लागि तेह्रथुमको लालिगुरांस र धनकुटा नगरपालिकाबाट दमकल बोलाइएको छ ।
आगलागीका कारण थाहा हुन सकेको छैन ।

वस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको भएपनि ग्यासका सिलिन्डर पड्केको कारणले समस्या भएको छथर जोरपाटी वडा नं ६ का वडाअध्यक्ष दिपक गुरुङले बताउनुभयो ।

Skip This