अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड पोखरा नजाने

प्रधानमन्त्री प्रचण्ड पोखरा नजाने


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यती एयरलाइन्सको विमान दुर्घटना भएको क्षेत्र पोखरा जाने कार्यक्रम स्थगित भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका अनुसार आफूहरु जाँदा उद्दार प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएको हो ।

प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम तय भएको थियो । तर अन्तिममा स्थगित भएको हो ।