अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिमान दुर्घटनास्थल पुगेका मुख्यमन्त्री अधिकारीले भन्नुभयो:  हृदयबिदारक परिदृष्यले स्तब्ध छु

बिमान दुर्घटनास्थल पुगेका मुख्यमन्त्री अधिकारीले भन्नुभयो:  हृदयबिदारक परिदृष्यले स्तब्ध छु


पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा भएको बिमान दुर्घटनाले आफू स्तब्ध बनेको बताउनु भएको छ ।

दुर्घटना भएलगत्तै घटनास्थलमै पुग्नुभएका मुख्यमन्त्री अधिकारीले त्यहाँ देखिएको दृष्यले आफूलाई स्तब्ध बनाएको बताउनु भएको हो ।

‘सवै नेपालीहरुले माघे संक्रान्ति-माघी पर्व मनाइरहेको आजको बिहान पोखराको आकासमा ६८ यात्रु र चालक दलका ४ सदस्यसहित उडेको यति एअरलाइन्सको एटिआर ७२ बिमान दुर्घटनामा परेको खवरले साह्रै दुःखी बनाएको छ,’ मुख्यमन्त्री अघिकारीले अपिल जारी गर्दै भन्नुभएको छ, ‘म स्वयम् घटनास्थल पुगी दुर्घटनास्थल, खोज तथा उद्धारको अवलोकन गर्दाको हृदयबिदारक परिदृष्यले थप गम्भीर र स्तब्ध भएको छु ।