अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विमानकी को-पाइलट अञ्जु खतिवडाको पाइलट श्रीमान् १६ वर्षअघि दुर्घटनामै निधन भएको थियो

विमानकी को-पाइलट अञ्जु खतिवडाको पाइलट श्रीमान् १६ वर्षअघि दुर्घटनामै निधन भएको थियो


काठमाडौँ – पोखरामा आज भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चालक दलका चार सदस्य पनि परेका छन्। विमानको पाइलट कमल केसी र को-पाइलट अञ्जु खतिवडा हुनुहुन्थ्यो ।

को-पाइलट खतिवडाका पति दीपक पोखरेल पनि को-पाइलट नै हुनुहुन्थ्यो। उहाँ यती एयरलाइन्समै कार्यरत हुनुहुथ्यो। १६ वर्षअघि भएको विमान दुर्घटनामा उहाँको निधन भएको थियो।

२०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घटनामा परेको थियो। सोही दुर्घटना कोपाइलट पोखरेलको निधन भएको थियो।

श्रीमानको मृत्युपछि अञ्जुले पाइलटको कोर्स गरेर उडान क्षेत्रमा सामेल हुनुभएको थियो ।

दुर्घटना भएको विमानमा परिचालिका सृजना होंगचुन र ओसिन आले मगर हुनुहुन्थ्यो ।