रूपन्देही – लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ। सोमबार प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने समयसम्ममा सभामुखमा उहाँको मात्र उम्मेदवारी दर्ता भएको छ। उपसभामुखमा भने तीन जनाको उम्मेदवारी दर्ता भएको छ।
लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनका अनुसार सभामुखमा माओवादीबाट तुलाराम घर्तीको र उपसभामुखमा राप्रपाबाट मेनुका खाँण केसी, कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीको उम्मेदवारी दर्ता भएको छ । उहाँले भन्नुभयो, ‘सभामुखमा एक जनाको र उपसभामुखमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । अबको प्रक्रिया भोलिको बैठकबाटै अघि बढ्छ ।’


प्रतिक्रिया