अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता घोषणा

करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता घोषणा


काठमाडौँ-आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मको अवधिका विजेता घोषणा गरेको छ।

विभागले आज आयोजना गरेको कार्यक्रममा एक जनालाई बम्पर उपहार र अन्य १५ जनालाई नगद पुरस्कारको विजेता घोषणा गरेको हो।

विभागका अनुसार बम्पर उपहारस्वरूप रु. १० लाख प्राप्त गर्ने भाग्यशाली विजेताका रूपमा कुपन नम्बर ०९८०४६५५८१७५ छनोट भएको छ।

त्यसैगरी, अन्य १५ जना विजेताले जनही रु. एक लाख ३३ हजार ३३४ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् ।

करदाता प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमअन्तर्गत विभागले तोकिएको अवधिमा जारी भएका कुपनमध्येबाट विजेता छनोट गरेको जनाएको छ।