काठमाडौँ – प्रतिनिधि सभाको सभामुख पदमा दुई जनाको प्रतिस्पर्धा हुने भएको छ।
संघीय संसद् सचिवालयका अनुसार गठबन्धनबाट देवराज घिमिरे र विपक्षीकातर्फबाट कांग्रेसकी ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता भएको हो ।
सभामुख पदका लागि नेपाली कांग्रेसले नेकपा एकिकृतको समर्थन र नेकपा एमालेले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका समर्थनमा उम्मेदवारी दर्ता गराएको हो।
उम्मेदवारी दर्ता अघि कांग्रेसले सरकार बाहिर रहेका दलहरूबीच मोर्चाबन्दी गर्ने प्रयासस्वरुप एकीकृत समाजवादी, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीका नेताहरूसँग छलफल गरेको थियो ।
कांग्रेसबाट उम्मेदवारी दिनुभएकी न्यौपानेको समर्थक नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन् । तर जसपा र लोसपा भने प्रस्तावक र समर्थक दुवैमा बसेका छैनन् । उनीहरुले भोलीसम्म कस्लाई मत देलान् अहिले नै खुलिसकेको छैन ।
सभामुख पदमा दुई जनाको उम्मेदवारी परेपनि सांसदको अङ्कगणितका आधारमा एमाले स्थायी कमिटी सदस्य समेत रहेका सांसद घिमिरे निर्वाचित हुने देखिएको छ । २७५ सदस्यीय प्रतिनिधि सभा सदस्यमध्ये घिमिरेको पक्षमा १४५ भन्दा बढी सांसदले मतदान गर्ने निश्चित जस्तै छ। सभामुखमा निर्वाचित हुन साधारण बहुमत अर्थात १३८ मत आवश्यक पर्छ ।
घिमिरेको पक्षमा अहिलेसम्म नेकपा एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २० र राप्रपाका १४ सांसद गरी १४५ सांसद पुग्छ । घिमिरेलाई जसपा र लोसपाले पनि मत दिए यो उनको पक्षमा १६० मत कट्ने देखिन्छ । जसपाका १२ सांसद छन् भने लोसपाका ४ जना सांसद रहेका छन् । यसबाहेक स्वतन्त्र सांसद प्रभु साह, अमरेश सिंहलगायतले समेत घिमिरेलाई सहयोग गर्ने छन् । सरकारमा सहभागी रहेको जनमत पार्टीसँग पाँच मत छ यो मत पनि घिमिरेको पक्षमा पर्ने निश्चित जस्तै छ ।
जसपा लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी भएका छैनन् । प्रधानमन्त्री प्रचण्डले पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार गर्दा जसपालाई दुई मन्त्रालय भाग लगाएपनि भागबन्डामा कम मन्त्रालय दिएको भन्दै उ असन्तुष्ट छ । जसपा, लोसपा, जनमत र नागरिक उन्मिुक्ति पार्टीले समर्थन गरेनन् भने पनियदी घिमिरले समर्थन गरेका एमाले,रास्वपा र राप्रपाका सबै सांसद उपस्थित भए र समर्थनमै मत हाले भने घिमिरे आवश्यक संख्या १३८ भन्दा झण्डै ७ मतले निर्वाचित हुनसक्ने स्पष्ट छ ।




प्रतिक्रिया