काठमाडौं – सरकारले दुई मन्त्रालयका सचिवको सरुवा गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेको छ। त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयका सचिव गोपाल सिग्देलको ऊर्जा मन्त्रालयमा सरुवा भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।
बुधबारकै मन्त्रिपरिषद बैठकमा सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम कार्यान्वयनको विषयमा पनि छलफल भएको छ ।
अर्थमन्त्री पौडेलका अनुसार न्यूनतम साझा कार्यक्रम ककार्यान्वयका लागि हरेक मन्त्रालयले ७ दिनभित्र आफ्नो कार्ययोजना मन्त्रिपरिषदमा पेश गर्नुपर्नेछ।






प्रतिक्रिया