अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शासक वर्गले मधेसी र थारुलाई बहिष्करण गर्‍यो, प्रतिकार हुन्छ : सिके राउत

शासक वर्गले मधेसी र थारुलाई बहिष्करण गर्‍यो, प्रतिकार हुन्छ : सिके राउत


काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले शासक वर्गले मधेसी र थारुलाई राज्यबाटै बहिष्करण गरेको बताउनु भएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले मधेसले यसको प्रतिकार गर्ने पनि चेतावनी दिनुभएको हो ।  

‘कुरा केवल जनमत पार्टीको होइन, जसपा/लोसपा/जनमत/नाउपा सबैलाई पाखा लगाउँदै शासक वर्गले बूलडोज गरेको हो,’ राउतले लेख्नुभएको छ,  ‘पश्चगामी चरम नश्लवादीहरूको झुण्डले पूरै मधेसी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, ‘यो देश तिम्रो होइन’ सन्देश दिँदै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढेका हुन् । मधेसले यसको प्रतिकार गर्नेछ । सड्क र आन्दोलनको विकल्प हामीसँग सधैँ खुल्ला नै छ ।’

मन्त्रिपरिषद् विस्तारमा आफूले मागेको मन्त्रालय नपाएपछि जनमत पार्टी असन्तुष्ट छ ।  

Skip This