अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुवेक्षाले गर्नुभयो प्रेमीसँग इन्गेजमेन्ट

सुवेक्षाले गर्नुभयो प्रेमीसँग इन्गेजमेन्ट


काठमाडौं । अभिनेत्री तथा ‘मिस नेपाल इन्टरनेसनल २०१२’की विजेता सुवेक्षा खड्काले इन्गेजमेन्ट गर्नुभएको छ । उहाँले प्रेमी आश्वासन जोशीसँग बिहीबार एक समारोहकाबीच इन्गेजमेन्ट गर्नुभएको हो ।

दुबै परिवारको सीमित व्यक्तिको उपस्थिति रहेको समारोहमा दुवैले एकअर्कोलाई औँठी लगाइदिँदै विवाहको वाचा समेत गर्नुभयो ।

गत महिना मात्र आश्वासनले आफ्नो जन्मदिनमा उहाँलाई फिल्मी शैलीमा हिराको औँठी उपहार दिँदै विवाहको प्रस्ताव गर्नुभएको थियो । उहाँले पनि विवाह प्रस्ताव स्वीकार गर्नुभएको थियो ।

सुवेक्षा फिल्मकी अभिनेत्री पनि हुनुहुन्छ । उहाँले फिल्म ‘रणवीर’ बाट अभिनेत्रीको रूपमा फिल्म डेब्यू गर्नुभएको थियो । त्यसपछि उहाँले फिल्म ‘प्रेमा’मा काम गर्नुभएको थियो ।

Skip This