अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग पर्यटनमन्त्री किरातीको अनुरोध

थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग पर्यटनमन्त्री किरातीको अनुरोध


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाललाई थप हवाई प्रवेश (रूट) मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गर्नुभएको छ।

आज मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो।

नेपालमा अहिले एक मात्र हवाई प्रवेश बिन्दु छ । यसमा अत्यधिक चाप छ। सोहीकारण थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गरिएको मन्त्री किरातीले बताउनुभयो ।  

भेटमा श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सधैं सकारात्मक रहेको बताएको समेत मन्त्री किरातीले बताउनुभयो। नेपालले लामो समयदेखि भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईजहाज प्रवेश गर्न सक्ने गरी रुट मागिरहेको छ ।

Skip This