काठमाडौं – अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा अन्धाधुन्ध गोली प्रहारबाट कम्तिमा पनि १० जनाको मृत्यु भएको छ।
लुनार नयाँ वर्षको उल्लासका लागि मोन्टेरीमा हजारौं मानिसहरू भेला भइरहँदा गोली प्रहार भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । गोली प्रहारबाट थुप्रै मानिस घाइते भएको पनि बताइएको छ । यद्यपि कति जना घाइते भए भन्नेबारे यकिन नभएको प्रहरीले जनाएको छ
गोली हान्ने फरार छन् र किन गोली हानियो भन्ने कारण खुलेको छैन । अमेरिकी सुरक्षा अधिकारीहरुले भिडियोमा गोली हान्ने मानिस देखिएको र उसको पहिचान र खोजबिनको काम भइरहेको बताएका छन् ।
गोली प्रहार भएको ठाउँमा एशियाली मुलका मानिसको बाक्लो उपस्थिति रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
मृतकको पहिचान पनि भइसकेको छैन । साथै मृतकको स्ख्याबारे विभिन्न मिडियाले फरक फरक सूचना दिएका छन् । सीएनएनले १० जनाको मृत्यु भएको जनाएको छ भने बीबीसीले ९ जना मारिएको उल्लेख गरेको छ ।






प्रतिक्रिया