अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आइएमई जनरल इन्स्योरेन्सको २५ औँ वार्षिक साधारणसभा सम्पन्न

आइएमई जनरल इन्स्योरेन्सको २५ औँ वार्षिक साधारणसभा सम्पन्न


काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्सको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार सम्पन्न साधारणसभामा अध्यक्ष हेमराज ढकालले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराउनुभयाे । सभामा अध्यक्ष ढकालले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराउनुभयाे ।

अध्यक्ष ढकालले २४ औँ साधारण सभामा गरिएको भवन निर्माणको प्रतिबद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा वर्षमा कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको बताउनुभयाे । निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने पनि जानकारी गराउनुभयाे।

त्यसैगरी कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आ.व.मा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै सेवामा विविधता र शाखारहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने जानकारी गराउनुभयाे । देशमा विद्यमान आर्थिक तथा राजनैतिक अवस्थाको वावजुत पनि कम्पनीले गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको उहाँले जानकारी गराउनुभयाे ।

यस्तै कम्पनीले २५ औँ साधारणसभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले स्वीकृत गरेकोमा सबै शेयर धनीहरुलाई धन्यवाद व्यक्त गर्नुभयाे । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २५ औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारीहरुको टिमको सहयोगबाट कम्पनी अघि बढिरहेको जानकारी गराउनुभयाे । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गर्दै लगानीकर्ताहरुको भावना र सञ्चालक समितिको निर्देशन बमोजिम अगाडि बढिरहेको समेत सभालाई जानकारी गराउनुभयाे ।

कम्पनीले आ.व. २०७७/७८ मा रु. १ अर्ब ५२ करोड ११ लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा रु. १ अर्ब ७७ करोड १६ लाख बीमा शुल्क आर्जन गरेको छ । जुन गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा शुल्क वृद्धि भएको छ भने चालु आ.व.को पौष मसान्तसम्ममा कम्पनीले कूल ९० करोड २५ लाख बीमा शुल्क आर्जन गरेको छ ।