अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टोटेनहमको जितमा ह्यारी केनको कीर्तिमानी गोल

टोटेनहमको जितमा ह्यारी केनको कीर्तिमानी गोल


काठमाडौं । कप्तान ह्यारी केनको कीर्तिमानी गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा टोटेनहमले फुलह्यामलाई हराएको छ।

क्रेभेन कटेजमा निर्धारित समय भन्दा १८ मिनेटपछि सुरु भएको खेलमा टोटेनह्यामले फुलह्याममाथि १-० गोल अन्तरको कठिन जित निकालेको छ।

समर्थकहरुको यात्रामा समस्या र रेफ्री पउल टिर्नेको कम्युनिकेसन डिभाइस ब्रिगिएकाले केही ढिला खेल सुरु भएको थियो ।

यो जितपछि टोटेनहमले च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ।

पाहुना टोली टोटेनहमका लागि केनले निर्धारित समयको अन्तिम मिनेटमा बक्सभन्दा बाहिर उत्कृष्ट गोल गरेका थिए।

सन हिउङ मिनको सहयोगमा उनले चलाखीपूर्ण ढंग फिनिसिङ गरेका थिए। उनको टोटेनहमबाट २ सय ६६औँ गोल हो। साथै क्लबका उनी सयुंक्त सर्वाधिक गोलकर्ता बनेका छन्।

सन् १९६१ देखि १९७० सम्ममा जिम्मी ग्रिभ्सले यो कीर्तिमान राखेका थिए। जसलाई बराबरी गर्न क्लबलाई ५३ वर्ष कुर्नुपर्‍यो। सोही गोल नै टोटेनहमको जितमा निर्णायक बन्यो।

गत नोभेम्बर १२ मा टोटेनहमले पहिलो पटक जित निकाल्न सफल भएको हो । प्रिमियर लिगमा टोटेनहमको यो ६ खेलमा मात्रै दोस्रो जित हो।

यो जितपछि टोटेनहमले शीर्ष चारसँगको दूरी तीन अंकमा झारेको छ। टोटेनहमको २१ खेलबाट ३६ अंक भएको छ। चौथो स्थानमा रहेको युनाइटेडको २० खेलबाट ३९ अंक छ।-एजेन्सी