काठमाडौं- सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात सुरु भएको छ।
सुदूरपश्चिमको बैतडी सहित उच्च पहाडी तथा हिमाली जिल्जामा हिमतपा भएको छ। बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगास लगायतका उच्च लेकाली भेगमा हिमपात भएको छ। सिगासका किसान दानसिंह बोहराका अनुसार‚ मंगलबार बिहानदेखि हिमपात भएको हो। वर्षा र हिमपातका कारण चिसो बढेको छ।
यस्तै‚ कर्णालीको जुम्ला‚ हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा हिमपात भएको छ। हिमपातपछि अत्यधिक जाडो बढेकाले जनजीवन प्रभावित भएको छ। वर्षा र हिमपातले किसान हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको वेला वर्षा र हिमपात भएपछि बालीनाली सप्रिने भन्दै खुसी भएका हुन्।






प्रतिक्रिया