अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सदनलाई रचनात्मक र क्रियाशील बनाऔँ : देवेन्द्र पौडेल

सदनलाई रचनात्मक र क्रियाशील बनाऔँ : देवेन्द्र पौडेल


काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले मुलुकका विद्यमान समस्या समाधान गर्न सरकार र संसद् सँगसँगै लैजानुपर्ने बताउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले सुशासन, आर्थिक अवस्था तथा जनताको जीवनस्तर सुधार गर्न सबै दल एक हुनुपर्ने बताउनुभयो। पछिल्लो समय मुलुको आर्थिक अवस्था कमजोर बनिरहेको तथ्याङ्कले देखाएको जनाउँदै उहाँले भन्नुभयो, “पछिल्लो छ महिनामा १५ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । पूरै बिग्रिसक्यो भनेर निराश नबनौँ, पूरै सप्रेको पनि छैन, सरकार र संसद्लाईसँगै जोडेर यी विषयको समाधान खोजिनुपर्छ ।”

जनताको दैनिक समस्यालाई समाधान गर्ने दिशामा संसद्लाई लैजानुपर्नेमा जोड दिँदै उहाँले देशका समस्या समाधान गर्न प्राज्ञिक बहसको आवश्यकता औँल्याउनुभयो । “सुशासनको प्रत्याभूति गराउन, छिपछिपे अर्थप्रणालीलाई सुधार गर्न सहमति खोज्नुपर्छ”, उहाँले भन्नुभयो ।

जनताको घरघरमा लोकतन्त्र पु¥याउनुपर्ने सबैको दायित्व रहेको उहाँको भनाइ छ । संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “यो सदनलाई रचनात्मक र क्रियाशील बनाऔँ, त्यसमा सभामुख र उपसभामुखको भूमिका महत्वपूर्ण छ ।”