अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको केन्द्रीय सर्भर ह्याक भएको आशंका

सरकारको केन्द्रीय सर्भर ह्याक भएको आशंका


काठमाडौं – सरकारको केन्द्रीय सर्भर ह्याक भएको आशंका गरिएको छ। शनिबार साढे १२ बजेदेखि सिंहदरवारमा रहेको केन्द्रीय सर्भर डाउन भएपछि देशभरिका सरकारी वेवसाइटहरू ठप्प भएका छन् । अध्यागमन विभागजस्तो संवेदनशील क्षेत्रको वेवसाइटहरूसमेत ठप्प हुँदा अतिआवश्यक विवरण संकलनमा कठिनाइ भइरहेको  छ। 

सूचना प्रविधिका विज्ञहरूले भने सर्भर ह्याक भएको आशंका गरेका छन्। आन्तरिक समस्या आउँदा सबै वेवसाइटहरू एकैपटक डाउन नहुने तर्क गर्दै उनीहरूले ह्याकरहरूले सर्भरमा आक्रमण गरेको हुनसक्ने बताउनुभयो ।

सरकारी एक अधिकारीले पनि सर्भरमा ह्याकरको अट्याक भएको स्वीकार्नुभयो। ती अधिकारीका अनुसार कर्मचारीकै बदमासीका कारण पनि यस्तो भएको हुनसक्छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भन्नुभयो प्राविधिक समस्याका कारण वेवसाइटहरू नचलेको बताउनुभयो।  के कारणले त्यसो भएको एकीन हुन नसकपनी समस्या  समाधानको लागि पहल भइरहेको उहाँले बताउनुभयो ।