अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्यानका कार्यवाहक सचिव मल्लद्वारा राजीनामा

क्यानका कार्यवाहक सचिव मल्लद्वारा राजीनामा


पोखरा । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिनुभएको छ । 

मल्लले पोखरामा मङ्गलवार बसेको बोर्ड बैठकमा राजीनामा दिनुभएको हो । नेपाल टी२० लिगमा फिक्सिङको  आलोचनापछि मल्लले राजीनामा दिनुभएको हो ।

२०७६ असोज ११ मा क्यानको निर्वाचनबाट उहाँ केन्द्रीय सदस्यमा नियुक्त हुनुभएको थियो ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि एक वर्ष अघि कार्यवाहक सचिवको जिम्मेवारी मल्लले पाउनुभएको थियो ।  

मल्लले राजीनामा दिएसँगै क्यानका कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रीय सदस्य दुर्गाराज पाठकले पाउनुभएको छ ।