अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबार पूर्वी गेटअगाडि ढल फुटेर दुर्गन्ध, सवारी आवागमन प्रभावित

सिंहदरबार पूर्वी गेटअगाडि ढल फुटेर दुर्गन्ध, सवारी आवागमन प्रभावित


काठमाडौं – सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो ।

ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालकहरुले सास्ती व्यहोर्नु परेको छ।

सिंहदरबार पूर्वी गेटमा मङ्गलवार दिउँसोदेखि ढल फुटेको हो । हालसम्म पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनै पनि पहल भएको छैन । पूर्वी गेट वरपरका स्थानीयहरु ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।

Skip This