अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीले स्थापना दिवसमा ६ जना पत्रकारलाई पुरस्कृत गर्ने(सूचीसहित)

प्रेस चौतारीले स्थापना दिवसमा ६ जना पत्रकारलाई पुरस्कृत गर्ने(सूचीसहित)


काठमाडौं – प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईं यस वर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुहुने भएको छ।

संगठनको सचिवालय बैठकले वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रघु मैनालीको संयोजकत्वमा गगठन गरेको पुरस्कार छनोट समितिले पूर्वअध्यक्ष चापागाईंलाई हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो ।

यसैगरी समितिले यस वर्षको ‘अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार’बाट लमजुङका पत्रकार कृष्ण केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यस्तै ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’बाट दैलेखका याम शर्मा, ‘बीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार’बाट बाराका लक्ष्मी साहलाई पुरस्कृत गर्ने निर्णय गरेको छ।

यस्तै ‘सावित्री–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार’बाट सुनसरीका लीलाराज भट्टराई र ‘चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार’बाट डडेलधुराकी ममता भट्टलाई पुरस्कृत गर्ने निर्णय गरेको छ।  

प्रेस चौतारीले आफ्नो स्थापना दिसव माघ २२ गते हृदयचन्द्र सिंह प्रधानसहित ६ वटा पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्ष प्रदान गर्ने पुरस्कारका लागि आज नाम सार्वजनिक गरेको हो । यसको साथसाथै चौतारीले आफ्नो स्थापना दिवसमा विभिन्न रचनात्मक काम समेत गर्दै आएको छ ।

प्रेस चौतारीको यही माघ ९ र १० गते बसेको सचिवालय बैठकले वरिष्ठ पत्रकार मैनाली संयोजक तथा उपाध्यक्ष देबिका जिएम र महासचिव हिरामान लामा सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिले अन्तिम निर्णय गरी केन्द्रीय कार्यालयलाई नाम बुझाएको छ।

१. हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार : डा. बालकृष्ण चापागाईँ-रुपन्देही

२. अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार : कृष्ण केसी-लमजुङ

३. डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार : याम शर्मा-दैलेख

४. वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार : लक्ष्मि साह-बारा

५. सावित्रीदेवी–पद्‍मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार : लीलाराज भट्टराई-सुनसरी

६. चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार : ममता भट्ट-डडेलधुरा

Skip This