अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिन्दी फिल्म ‘पठान’ हेर्न कोमल र हिमानी सिनेमा हलमा (तस्वीरहरु)

हिन्दी फिल्म ‘पठान’ हेर्न कोमल र हिमानी सिनेमा हलमा (तस्वीरहरु)


काठमाडौं – पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ हेर्नुभएको छ । क्यूएफएक्सको दरबार सिनेम्याक्स मल्टिप्लेक्समा पुगेर पूर्वराजपरिवारका सदस्यले फिल्म हेरेका हुन्।

शनिबार सिद्धार्थ आनन्द निर्देशित चलचित्र ‘पठान’ हेर्न पूर्वराजपरिवारका सदस्य क्यूएफएक्सको दरबार सिनेम्याक्स मल्टिप्लेक्स पुगेका हुन् ।

फिल्म हेरेपछि पूर्वरानी कोमल र हिमानीले फिल्म मन परेको प्रतिक्रिया दिएको जनाइएको छ । उहाँहरुसँग अन्य सहयोगी पनि हलमा पुगेर फिल्म हेरेका थिए । पूर्वराजपरिवारका सदस्यहरुले यसअघि पनि बेलाबेलामा हलमा पुगेर फिल्म हेर्ने गरेका छन् ।

तस्वीर सौजन्य : क्यूएफएक्स सिनेमा

Skip This