पोखरा – पोखराको पुरानो विमानस्थललाई ट्रेनिङ सेन्टर बनाउने तयारी गरेको छ। नागरिक उड्डयन प्राधिकरणले काठमाडौं उपत्यकामा रहेको तालिम केन्द्र पोखरामा सार्ने तयारी गरेको हो।
जोमसोम उडान, हेलिकप्टर र अल्ट्राराइट पुरानो विमानस्थलबाट भइरहेको छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पुरानो विमानस्थललाई ४ वटा काममा प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ।
रनवेसहितको पूर्वाधार पोखरामा रहेकोले तालिम केन्द्र बनाउने छलफल चलिरहेको नेपाल नागरिक प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तर निर्णय भने हुँन बाँकी नै रहेको छ।’




प्रतिक्रिया