अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म्यानचेस्टर कारावाओ कपको फाइनलमा

म्यानचेस्टर कारावाओ कपको फाइनलमा


काठमाडौं-म्यानचेस्टर युनाइटेड इएफएल अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ।

प्रिमियर लिग प्रतिद्धन्द्धी नटिङहम फरेस्टलाई सेमिफाइनलको दोस्रो लेगमा २–० सहित समग्रमा ५–० ले हराउँदै युनाइटेड फाइनलमा पुगेको हो। युनाइटेडले पहिलो लेगमा ३–० को सहज जित हात पारेको थियो।

ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा एन्थोनी मार्सियाल र फ्रेडले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै गोल भएको थियो ।

खेलको ७३औं मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई सुरूआती अग्रता दिलाए। त्यसको तीन मिनेटपछिनै फ्रेडले गोल गर्दै युनाइटेडको जित पक्का गराए।

अब युनाइटेडले उपाधिका लागि अर्काे प्रिमियर लिग प्रतिद्धन्द्धी न्यूक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।

फाइनल २६ फेब्रुअरीमा हुनेछ।

न्यूक्यासलले मंगलबार राति साउथह्याम्टनलाई २–१ ले समग्रमा ३–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।-एजेन्सी