अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्री पौडेल आज श्रीलंका जानुहँदै

परराष्ट्रमन्त्री पौडेल आज श्रीलंका जानुहँदै


काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलंका जाँदै हुनुहुन्छ । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलंकाका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा पौडेल त्यसतर्फ जान लाग्नु भएको हो ।

श्रीलंका भ्रमणमा राजनीतिक भेटघाट र राजनीतिक महत्वका अवसरहरूमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उहाँले श्रीलंका भ्रमणका क्रममा सार्कको बारेमा पनि साइडलाइन कुराकानी गर्ने बताउनुभयो ।