विराटनगर -रवि लामछिाने नागरिकता नभएका कारण गृहमन्त्रीबाट बर्खास्तीमा परेपछि उक्त मन्त्रालय कसलाई दिने भन्ने विषयमा गठबन्धनमा बहस भइरहेको बेल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीबाटै हुने बताउनुभएको छ ।
अध्यक्ष ओलीले आज विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अहिले कुनैपनि कारणले सरकार संकटमा नपर्ने बताउनुभयो ।
पूर्वसहमति अनुसार रास्वपालाई गृहमन्त्री नदिए विवाद हुनु स्वभाविक हुने तर त्यस्तो अवस्था अहिले नआएको ओलीको भनाइ छ । । रास्वपाले कसलाई गृहमन्त्रीमा पठाउँछ त्यो त्यही पार्टीको काम हो ओलीले भन्नुभयो रास्वपाले रवि लामिछानेलाई नै गृहमन्त्रीमा पठाउँछ भने अरूलाई के को टाउको दुखाइ ।
यस्तै, पूर्वसहमति अनुसार नै राष्ट्रपतिको उम्मेदवार सत्तापक्षको एमालेबाटै हुने बताउनुभयो ।
प्रतिक्रिया