अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री प्रचण्ड

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताउनुभएको छ।

आज दिउँसो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आयोजना गरेको गठबन्धन नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित गर्न तपाईंहरूले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ । देशभित्र मात्र होइन, विश्वभरि स्थापित गर्न तपाईंहरूले खेलेको भूमिका प्रशंसनीय छ।’

‘म पहिलो पटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठान स्थापना गर्ने जग बसालेको थिएँ । अहिले स्थापनाको १२ वर्ष पुगेको छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मलाई निकै खुसी र गर्वको महसुस भएको छ । अझ चित्रकला तथा प्रतिकलाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएका तपाईं विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा निकै खुसी छु, यसले राष्ट्रकै गरिमा र उचाइ बढाउँछ ।’

सो अवसरमा प्रधानमन्त्रीले ललितकलाका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने स्रष्टाहरू सम्मानित गर्नुका साथै ललितकलासम्बन्धी सिर्जनाहरूको अवलोकन गर्नुभएको थियो ।

Skip This