अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘बाराको टाँगियाका बासिन्दालाई जग्गाको निस्सा दिनु अपराध हो ?’ : मन्त्री ज्वाला साह

‘बाराको टाँगियाका बासिन्दालाई जग्गाको निस्सा दिनु अपराध हो ?’ : मन्त्री ज्वाला साह


वीरगञ्ज – कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले टाँगिया बस्तीका बासिन्दालाई निस्सा वितरण गरेर आफूले कुनै अपराध नगरेको बताउनुभएको छ।

मातहतका सरकारी कार्यालयको स्थलगत अवलोकनका क्रममा वीरगञ्ज आइपुग्नुभएकी साहले यस्तो बताउनु भएको हो । उहाँले यो विषयलाई केही व्यक्तिहरुले इस्यु बनाउन खोजेको गुनासो गर्नुभयो।

मन्त्री साहले भन्नुभयो, ‘बस्ती पनि हुन्छ, अन्तर्राष्ट्रिय विमानस्थल पनि । अन्तर्राष्ट्रिय विमानस्थल भएपछि एउटा व्यवस्थापन गर्नुपर्छ । चिनारी, परिचयको लागि परिचय पत्र दिनुपर्यो नि । टाँगिया बस्तीमा बसेका छन् तर पहिचान छैन। पहिचान कार्डका लागि वितरण गर्दा पनि ठूलो इस्यु केही मान्छेले बनाउन खोज्दैछन् । त्यो राम्रो होइन ।’

विज्ञ समितिले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्ने प्रतिवेदन दिंदा टाँगिया बस्तीमा धावनमार्ग बनाउन सिफारिस गरेको छ ।

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा विस्थापित हुने बाराको टाँगिया बस्तीमा सरकार नै लालपुर्जा वितरणको अभियानमा लागेको भनेर आलोचना भइरहेको छ।

निस्सा वितरण गर्दा टाँगियावासीलाई ६ महिना भित्र लालपुर्जा दिने र अहिले परिचय पत्र मात्रै दिएको बताउनुभयो ।  यसबाट आफूले कुनै अपराध नगरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘आज निस्सा वितरण गर्दाखेरि कैयौं मान्छेले त्यहाँ बस्ती बसाल्ने कि, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ? भनेका छन् । मानिसहरु भनिरहेका छन्, हामीलाई रोजगार देऊ, हामीलाई व्यवस्था गरिदेऊ तर अहिले तत्काल निस्सा त देऊ, निस्सा हामीले वितरण गर्दा के बिग्रियो र ? के अपराध गरें ?’