अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

९५ एसपीको सरुवा: को कहाँ पुगे ? (सूचीसहित)

९५ एसपीको सरुवा: को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – प्रहरी प्रधान कार्यालयले ९५ जना एसपी (प्रहरी उपरीक्षक) को सरुवा भएको छ। यसअघि भएको काजलाई समेत नियमितमा परिणत गर्दै सरुवा गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले बिहीबार निकालेको सरुवाका क्रममा विभिन्न जिल्लाको नेतृत्व पनि फेरेको हो।

प्रहरी प्रधान कार्यालयले यसअघि काजसरूवा गरेका ४२ जना र नयाँ ५३ जनाको सरूवा पनि निकालेको हो।

सरुवा भएका विभिन्न एसपीहरु यसअघि नै काज सरुवाका रुपमा त्यहाँ पुगिसकेका छन् ।

बिहीबार निकालिएको सरुवापछि कमल थापा कन्चनपुर, अनुपम श्रेष्ठ गोरखा, अवदेश विष्ट तनहुँ, कृष्ण कोइराला धनकुटा, गौतम मिश्र धादिङ, टेकनन्द इवा लिम्बू सिरहा, नवीनकिशोर प्रधान गुल्मी, नरेन्द्रकुमार कार्की सप्तरी, प्रकाश मल्ल महोत्तरी, विनोद सिलवाल पश्चिम नवलपरासी, भरतबहादुर विक रुपन्देही, भाग्येन्द्रपुरुष ढकाल काभ्रे, योगेन्द्रकुमार खड्का बाग्लुङ, सञ्जयबहादुर राउत स्याङ्जा र सुधीरराज शाही बर्दिया प्रहरी प्रमुखका रुपमा सरुवा भएका छन् ।

को कहाँ ?

Skip This