अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन्दीपविरुद्ध सर्वोच्च अदालतमा आज सुनवाइ हुँदै

सन्दीपविरुद्ध सर्वोच्च अदालतमा आज सुनवाइ हुँदै


काठमाडौँ-क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनवाइ आज हुने भएको छ । 

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो । जसमाथि आज पहिलो सुनुवाइ हुने भएको हो ।

गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयले बताएको छ ।

उच्च अदालतको आदेश पछि रिहा भएका सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले उनको निलम्बन फुकुवा गर्दै बन्द परीक्षणमा बोलाएको छ ।