अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं : बाबुराम भट्टराई

गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं : बाबुराम भट्टराई


काठमाडौं-पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले प्रमुख दलबीचको सहमतिमा जोड दिनुभएको छ ।  

सत्तागठबन्धनमा देखिएको तिक्तता तथा पछिल्लो राजनीतिक घटनाक्रमतर्फ लक्षित गर्दै भट्टराईले सामाजिक सञ्जालमार्फत लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले प्वाल पार्ने काम गर्न नहुने बताउनुभएको हो । 

उहाँले भन्नुभएको छ, ‘लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं ! यो डुंगा डुब्दा हामी सबै त डुब्छौं डुब्छौं, देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्नेछ । कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरूबीच सहमतिको विकल्प छैन । गम्भीर बनौं !’