अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिमा सहमति नभए विचार मिल्नेसँग सहकार्य गर्ने माओवादीकाे निर्णय

राष्ट्रपतिमा सहमति नभए विचार मिल्नेसँग सहकार्य गर्ने माओवादीकाे निर्णय


काठमाडौँ – सरकारको नेतृत्व गरिरहेको नेकपा  (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल भएको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिको चुनावसम्म जाँदा सकेसम्म सहमतिको पक्षमा उभिने र  र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताउनुभयाे ।

कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएको हुनाले यो वा ऊ दल नभनी माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय लिएको पौडेलले बताउनुभयाे । यदि सहमति नभएमा विचार र कार्यदिशा मिल्ने दलहरूसँग मिलेर अघि बढ्ने निर्णय भएको उहाँले बताउनुभयाे ।

उहाँले आजको बैठकमा गृहमन्त्रीको बारेमा भने कुनै छलफल नभएको र सत्ता साझेदार दल नेकपा एमालेलाई चिढ्याउन आफूहरूले नचाहेको भन्दै सबै मिलेर अघि बढ्नका लागि प्रयत्न गरेको बताउनुभयाे ।