अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बार्सिलोनालाई ८ अंकको अग्रता

बार्सिलोनालाई ८ अंकको अग्रता


काठमाडौं-स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले ८ अंकको अग्रता बनाएको छ । 

गएराती लिग अन्तर्गत सेभियामाथि ३–० को सहज जित निकाल्दै बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडसँग अंक दूरी बढाएको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जिताउन जोर्डी अल्बा, गाभी र राफिन्हालेले गोल गरे।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सबै गोल सम्भव भएको हो। खेलको ५८ औँ मिनेटमा जोर्डी अल्बाले गोल गर्दै बार्सिलोलाई सुरूआती अग्रता दिलाए। 

७० औँ मिनेटमा गाभीले गोल गर्दै अग्रता दोब्बर पारे। खेलको अन्त्य तिर ७९ औँ मिनेटमा बार्सिलोनाले तेस्रो गोल गर्दै जित निश्चित गर्‍यो।

यो जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग अंक दूरी ८ बनाएको छ। बार्सिलोनाको २० खेलमा ५३ अंक छ। दोस्रो स्थानको रियलको समान खेलमा ४५ अंक छ।

गएराति रियालले भने मियोर्कासँग १–० को अप्रत्यासित हार सामना गर्‍यो ।एजेन्सी 



Skip This