अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प


काठमाडौं – टर्कीमा सोमबार अपरान्ह अर्को शक्तिशाली भूकम्प गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार केही बेरअघि अर्को शक्तिशाली भूकम्पको धक्का महसुस भएको हो। यसअघि सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर १२ सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन्। त्यस भूकम्पबाट घाइतेको संख्या नै ५३ सय नाघेको छ। भूकम्पका कारण सिरियामा पनि ठूलो क्षति भएको छ।

सोमबार बिहान ७.८ म्याग्निच्यूडको भूकम्पले मध्यपूर्वका कयौँ देश हल्लाएको थियो। त्यसको १२ घण्टा नबित्दै फेरि ७.५ म्याग्निच्यूडको अर्को शक्तिशाली भूकम्प गएको हो।