अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टर्कीमा भूकम्पका कारण बन्दरगाहमा भीषण आगलागी  

टर्कीमा भूकम्पका कारण बन्दरगाहमा भीषण आगलागी  


काठमाडौं-टर्कीमा भूकम्प गएपछि एउटा बन्दरगाहमा ठूलो आगलागी भएपछि टर्की हुँदै जाने धेरै जहाजलाई डाइभर्ट गरिएको छ । गाजियन्टेपबाट करिब ११२ किलोमिटर दक्षिणपश्चिममा रहेको इस्केन्डरुन बन्दरगाहमा हिजोदेखि आगो लागेको छ ।

घटनास्थलका तस्बिरहरूले बन्दरगाहमाथि कालो धुवाँको मुस्लो र धेरै कन्टेनरमा आगो लागेको देखाएको छ । बीबीसीका क्वेन्टिन सोमरभिलले बन्दरगाह वरपरको हावामा ‘अझै पनि कालो धुवाँ र पेट्रोलको गन्ध’ रहेको बताए ।

उनले भने, ‘हिजो भूकम्प गएदेखि नै यस्तो भइरहेको छ, ढुवानी कन्टेनर खसेर बन्दरगाहमा आगलागी भयो ।’ एक प्रमुख शिपिंग कम्पनी एपी मोलर मार्स्कले एक विज्ञप्ति जारी गर्दै यो बन्दरगाह कहिले सामान्य अवस्थामा फर्किनेछ भन्ने अझै स्पष्ट नभएको बताएको छ ।

टर्कीका अन्य बन्दरगाहबाहेक इजिप्टको पोर्ट सइदमा जहाज पठाइएको उनले बताए । सडक र विमानस्थलसँगै यो बन्दरगाह क्षतिग्रस्त भएकाले यस क्षेत्रमा राहत तथा उद्धार कार्यमा सरकार र सहायता निकायलाई समस्या बढ्ने सम्भावना छ ।-एजेन्सी