अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विवाह बन्धनमा बाँधिए कियारा–सिद्धार्थले : भने, ‘हाम्रो परमानेन्ट बुकिङ भयो’

विवाह बन्धनमा बाँधिए कियारा–सिद्धार्थले : भने, ‘हाम्रो परमानेन्ट बुकिङ भयो’


काठमाडौं-सिद्धार्थ मलहोत्रा र कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन् । 

फिल्म ‘शेरशाह’ बाट सुरु भएको दुईको लभ स्टोरीले अब नयाँ मोड लिएको छ । 

सिद्धार्थ र कियाराले जैसलमेरको सूर्यगढ प्यालेसमा विवाह गरेका हुन् । 

सिद्धार्थ र कियाराले आफ्नो विवाहको तस्बिरलाई सोसल मिडियामा सेयर गरेका छन् । 

तस्बिरमा दुलहा–दुलही असाध्यै राम्रा देखिएका छन् । उनीहरू निकै खुसी पनि देखिएका छन् ।

पाउडर पिंक कलरको लेहेंगा लगाएकी छिन् भने सिद्धार्थले गोल्डन शेयरवानी लगाएका छन् । 

सिद्धार्थ मल्होत्राले विवाहको तस्बिर सार्वजनिक गर्दै आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेका छन्, ‘अब हाम्रो पर्मानेन्ट बुकिङ भएको छ ।’

उनले थपेका छन्, ‘हाम्रो आगामी यात्रामा हामी तपाईंको आशीर्वाद र मायाको अपेक्षा गर्छौँ ।’ एजेन्सी