काठमाडौं – नेकपा एमालेका सांसद् सूर्य थापाले बालाजु घटनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् थापाले बालाजुको गोंगबु क्षेत्रमा भएको लुटपाट र आगजनीबारे गृहमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘बालाजुको गोंगबु क्षेत्रमा भएको आगजनी र लुटपाटबारे के भएको हो ? गृहमन्त्रीलाई यो सदनमा घटनाको विवरण जानकारी गराउन माग गर्छु, यसमा सदन बेखबर बस्न मिल्दैन।’




प्रतिक्रिया