अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बालेनको सचिवालयमा २५ पदाधिकारी र कर्मचारी, को-को छन् ?

प्रधानमन्त्री बालेनको सचिवालयमा २५ पदाधिकारी र कर्मचारी, को-को छन् ?

२५ सदस्यीय टिम (नाम, पद र सेवा-सुविधासहित)


काठमाडौं-प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का सल्लाहकार तथा स्वकीय सचिवालयमा कार्यरत पदाधिकारी र कर्मचारीको विवरण सार्वजनिक गरेको छ।

प्रधानमन्त्री कार्यालयले सात महिनापछि आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रधानमन्त्री शाहको सचिवालय तथा सल्लाहकार समूहमा कार्यरत २५ जना पदाधिकारी तथा कर्मचारीको विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सल्लाहकार समूह तथा विज्ञ टिममा मन्त्री र राज्यमन्त्रीसरहको जिम्मेवारी पाएका व्यक्तिहरूसमेत छन्।

विवरणअनुसार कुमार ब्यञ्जनकार अवैतनिक मुख्य राजनीतिक सल्लाहकार छन्। उनलाई मन्त्रीसरहको पद दिइएको छ। त्यस्तै असिम शाह राजनीतिक सल्लाहकारका रूपमा छन्। उनी पनि मन्त्रीसरहको पदमा छन्।

प्राडा जगदिश प्रसाद अग्रवाल अवैतनिक स्वास्थ्य सल्लाहकारका रूपमा कार्यरत छन्। उनलाई पनि मन्त्रीसरहको पद दिइएको विवरणमा उल्लेख छ।

त्यसैगरी सुदिप ढकाल नीति, प्रशासन तथा सुशासन सल्लाहकार र विवेक मिश्र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार छन्। उनीहरूलाई राज्यमन्त्रीसरहको सुविधा दिइएको छ।

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सुवाष शर्मा छन्। उनी राजपत्रांकित विशिष्ट श्रेणीसरहको हैसियतमा छन्। नविन भण्डारी स्वकीय सचिवका रूपमा राजपत्रांकित प्रथम श्रेणीसरह कार्यरत छन्।

त्यस्तै, सहसचिव (राजपत्रांकित प्रथम श्रेणी) सरहको जिम्मेवारीमा सञ्जिव पाण्डे (विकास परियोजना), दिपा दाहाल (प्रेस तथा अनुसन्धान विज्ञ), सन्तोष गिरी (कार्यक्रम तथा भ्रमण संयोजक) र विश्व राई (विज्ञ-सामाजिक विकास) रहेका छन्।

उपसचिव (राजपत्रांकित द्वितीय श्रेणी) सरहको जिम्मेवारी प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्यलाई दिइएको छ। सहायक विज्ञका रूपमा सुमन गौतम (नागरिक उड्डयन) र रवि किरण अधिकारी (भाषा तथा मस्यौदा) कार्यरत छन्।

शाखा अधिकृत तथा अन्य प्राविधिक र प्रशासनिक तहमा सुरेन्द्र बजगाई (प्रेस सहजकर्ता), रोशन तामाङ (ग्राफिक्स डिजाइन), बेदानन्द जोशी, हेम नारायणदास चौधरी (अनुसन्धान अधिकृत), अनुप थापा मगर, ऋषी थापा, अमृत पाण्डे (भिडियोग्राफर), राज कुमार गौतम र बेनिस कार्की रहेका छन्।

हेर्नुहोस् विवरण