काठमाडौं – सोफि धरेल अभिनित नयाँ गीत सार्वजनिक भएको छ।
भ्यालेनटाइन डेको अवसर पारेर गत सोमबार विशाल थापा युट्युब च्यानलमार्फत ‘बाचिएला’ बोलको गीत सार्वजनिक गरिएको थियो।
लेखु सहयात्रीको शब्द रहेको गीतमा विशाल थापा र प्रविशा अधिकारीको स्वर रहेको छ भने भने कमल रसाइलीले संगीत संयोजन गरेका छन्।
उक्त म्युजिक भिडिओमा अभिनित सोफि धरेलले हालसम्म दुईसय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएको छ।
शोफि धरेल अभिनित ‘बाचिएला’ बोलको उक्त म्युजिक भिडियोमा धरेलसँगै राजु ग्याबकलाई देख्न सकिन्छ।






प्रतिक्रिया